search

spot_img
spot_img

१० दिन पैदल हिंडेर काठमाडौं पुगेका श्रीर्सिया नदी प्रदुषण मुक्त बनाउन माग गर्दै माइतीघरमा धर्ना

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ जेठ । पर्साको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानका साथ वीरगञ्जबाट काठमाडौंसम्म पैदल आएका अभियन्ताहरूले आइतवार माइतीघरमा धर्ना दिएका छन् ।
१० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरूले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन ध्यानाकर्षण गराएका हुन् ।
बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न शुरू गरेको सिर्सिया नदी पर्साको वीरगञ्ज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।
औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी सो खोलामा बगाइनछ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउँने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटकपटक अनुगमनसमेत गरेको थियो ।
महानगरको टोलीले श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायर लगायतले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको फेला पारेको थियो । चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा संघर्ष गर्दै आएका सरोज रायले सिर्सिया नदीको फोहरका कारण त्यहाँका स्थानीयको उठीबास भएकाले बाध्य भएर काठमाडौं आउनु परेको बताए । स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको उनले बताए ।
उनीहरू जेठ ४ गते पर्साबाट काठमाडौंतर्पm हिँडेका थिए । सिर्सिया खोलाको उत्पत्तिको स्रोत पथलैयास्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads