search

धनुषामा वडाध्यक्ष यादवको गोली हानी हत्या : एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

धनुषा , कार्तिक – २९ धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रवार साँझ गोली हानी हत्या गरिएको छ। स्थानीय अन्दुपट्टीमा भएको मृत्यु संस्कारका क्रममा दुई पक्षबीच विवाद उत्पन्न भएपछि उनीमाथि लक्षित रूपमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।
नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवका अनुसार वडाध्यक्ष यादव केही समयअघि गाउँमा भएको विवाद मिलाउने प्रयासमा सक्रिय भएका थिए। सोही रिसिइबीका कारण गाउँकै युवाहरूको समूहले उनैमाथि हमला गरेको मेयर यादवले बताए।
प्रत्यक्षदर्शीका अनुसार मृत्यु संस्कारमा विवाद चर्किएपछि वडाध्यक्ष यादव बीचबाच गर्न अघि सर्दै गर्दा गोली प्रहार भएको थियो। गम्भीर घाइते बनेका उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमले झडपमा वडाध्यक्षसहित ७ जना घाइते भएको जानकारी दिए। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घटनामा संलग्न भएको आशङ्कामा स्थानीय शम्भु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शम्भु बिदामा घर आएका प्रहरी कर्मचारी भएको प्रारम्भिक तथ्य आएको भए पनि आधिकारिक पुष्टि हुन बाँकी छ।
स्थानीयको भनाइअनुसार घटनामा ३–४ जनाको संलग्नता हुनसक्ने प्रहरीले बताएको छ। यसबारे विस्तृत अनुसन्धान जारी छ।
स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष यादवको हत्या भएपछि स्थानीय क्षेत्रमा तनाव र त्रासको वातावरण छाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads