विहार , कार्तिक – २९
भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल २४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न हुँदा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) दुई–तिहाई बहुमतसहित विजयी भएको छ।
निर्वाचन आयोगका अनुसार एनडीएले २०२ सिट जित्दै सशक्त सरकार बनाउने आधार पकडेको छ। यसमध्ये भारतीय जनता पार्टी (भाजपा) ८९ सिटसहित पहिलो दल बनेको छ भने जनता दल युनाइटेड (जेडीयू) ८५ सिटमा विजयी भएको छ।
कांग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सिमित भएका छन्। अन्य दलले ७ सिट जितेका छन्।
दुई चरणमा—नोभेम्बर ६ र ११ मा सम्पन्न मतदानमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो। यो १९५१ यताकै उच्च मतदान हो।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको जनमतलाई ‘सुशासन, विकास र जन–कल्याण’ को विजयको रूपमा व्याख्या गरेका छन्। उनले एनडीएलाई प्राप्त प्रचण्ड जनादेशले आगामी दिनमा बिहारी जनताको सेवा र विकासका नयाँ संकल्पलाई बल दिने बताएका छन्।

Facebook Comments Box