मधेश , कार्तिक -२९
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको राजनीतिक अवस्था तीव्ररूपमा संवेदनशील बन्दै गएको उल्लेख गर्दै आफू र सभामुख दुवैलाई ‘गम्भीर सुरक्षा खतरा’ आएको खुलासा गरेका छन् ।
शनिबार प्रदेशवासीका नाममा जारी सम्बोधनमा उनले जारी आन्दोलन, राजनीतिक ध्रुवीकरण र उच्चस्तरीय निर्णयले वातावरण तनावग्रस्त बन्दै गएको बताउँदै, सुरक्षा निकायले विशेष सतर्कता अपनाउन सुझाएको जानकारी दिए ।
यादवका अनुसार सुरक्षा एजेन्सीको विश्लेषणले मुख्यमन्त्री र सभामुखलाई लक्षित जोखिम बढिरहेको छ । मुख्यमन्त्री यादवले सुरक्षा चुनौती जनताबाट नभई आन्दोलनकारी समूहतर्फबाट देखिएको दाबी गर्दै अन्य मन्त्री, सांसद तथा जिम्मेवार पदाधिकारीहरू पनि जोखिममुक्त नरहेको चेतावनी दिए ।
हालका राजनीतिक विवाद, नेतृत्व परिवर्तन, सडक प्रदर्शन र सत्ता–प्रतिपक्षबीचको तनावले मधेश प्रदेशको सुरक्षा अवस्था झनै संवेदनशील बनेको विश्लेषकहरूको मूल्यांकन छ ।

Facebook Comments Box