पर्सा , कार्तिक – २९
पर्सा जिल्लामा हैजा विरुद्धको दोस्रो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, कूल लक्षित जनसंख्याको ९० प्रतिशतले खोप लिएको जानकारी प्राप्त भएको छ।
यो अभियान कात्तिक १३ गते सुरु भएको थियो। पहिलो चरणमा ८४ प्रतिशतले मात्र खोप लिएका थिए। दोस्रो चरणमा दोहोर्याएर सञ्चालन गर्दा कभरेजमा ७ प्रतिशत वृद्धि भएको छ। अधिकांश स्थानीय तहमा राम्रो कभरेज देखिएको भए पनि करिब १० प्रतिशतले खोप लिन मानेका छैनन्।
स्थानीय तह अनुसार कभरेज यसरी छ: जगरनाथपुर ९४ प्रतिशत, छिपहरमाई ९३, बिन्दवासिनी ९१, सखुवाप्रसौनी ८८, ठोरी ८६, पटेर्वासुगौली ८५, धोबिनी ८५, पर्सागढी ८४, पोखरिया ८३, वीरगन्ज ८२ र जिराभवानी ७८ प्रतिशत।
अभियान WHO र युनिसेफको प्राविधिक सहयोगमा, परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन भएको थियो। यसमा १,८९४ स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन थिए।
वीरगन्जमा हालसम्म १,५६७ जना बिरामी उपचारका लागि पुगेका छन्, जसमा २२७ जनामा हैजा पुष्टि भएको छ। पोखरिया नगरपालिकामा १८ जनामा संक्रमण देखिएको छ। पानीको नमूना र हैजा स्रोत हालसम्म पत्ता लागेको छैन।
स्वास्थ्य अधिकारीहरूले खोपको महत्त्वबारे जनता सचेत रहन र आगामी खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

Facebook Comments Box