वीरगंज , कार्तिक – ३०
नेपाल प्रहरीले सिराहामा अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झाझपट्टीका अनुसार हिजो साँझ ६ः४० बजे नवराजपुर गाउँपालिका–४ स्थित क्षेत्रमा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको *स १० प ७८६ नम्बरको मोटरसाइकल* रोकी चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय *विक्रान्त चौधरी* र मोटरसाइकलमा पछाडि सवार सिराहाको लहान नगरपालिका–१ मटिहरवा बस्ने २६ वर्षीय *शीतल चौधरी* रहेका छन्।
उनीहरूको साथबाट फेला परेको ब्राउन सुगर जस्तो देखिने पदार्थ *प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम* रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Facebook Comments Box