search

भारतमा भइरहेको दृष्टिविहीन महिला टी–२० विश्वकप: नेपालले अमेरिकालाई १० विकेटले पराजित

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक – ३०
भारतमा भइरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई *१० विकेटले हराएको* छ।
नेपालले अमेरिकाले दिएको *१८ रनको लक्ष्य* मात्र ४ बलमै १ विकेट पनि नखोलिकन पूरा गर्‍यो। नेपालका खेलाडी *दिल्लीसरा धमला*ले १२ रन बनाए। नेपालले खेलको क्रममा *६ रन अतिरिक्त* पाएको थियो।
यसअघि बेङ्गलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा *१७ रन* बनाउँदै सबै विकेट गुमायो। अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका दिल्लीसरा धमलाले *३ विकेट* लिएर उत्कृष्ट प्रदर्शन गरिन्। अमेरिकाले खेलमा *१३ रन अतिरिक्त* पाएको थियो।
प्रतियोगितामा नेपालको यो *तेस्रो जित* हो। यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलंकालाई ९ विकेटले पराजित गरेको थियो, भने भारतसँग ८५ रनले पराजित भएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads