search

मधेश प्रदेश मुख्यमन्त्री विवाद: सर्वोच्चमा सुनुवाइ भोलिका लागि सारियो

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक – ३०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर रिटमाथि आज हुने भनिएको सुनुवाइ भोलिका लागि सारिएको छ।
सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो, तर सर्वोच्च अदालतले स्थगित गर्दै भोलिका लागि मिति तोकेको जनाएको छ।
मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ जना सांसदका तर्फबाट रिट दर्ता गरिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो। अदालतले कात्तिक २३ गते यादवको नियुक्तिसम्बन्धी सम्पूर्ण फाइल पेश गर्न आदेश दिइसकेको छ।
यसैबीच, मधेश प्रदेश सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आन्दोलनको कार्यक्रम जारी राखेका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads