वीरगंज, ३० कात्तिक । वीरगंज स्पोट्र्स एकेडमी र लायन्स क्लब अफ वीरगंज परिवारको संयुक्त आयोजनामा वीरगंजमा छैठौं कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । पाँच ओभरको खेलमा छ–छ खेलाडी सहभागी हुने लिग तथा नकआउट प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिता आदर्शनगरस्थित रंगशालामा मंसिर २० र २७ गते हुने लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले जनाएका छन् । प्रतियोगितमा बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, फर्मास्यूटिकल्स, सवारी साधन बिक्रेता कम्पनी, उत्पादनमुखी उद्योग तथा अन्य कर्पाेरेट संस्थाका २४ टिमसम्म प्रतियोगितामा सहभागी हुने तथा ४ लाख खर्च हुने जनाइएको छ । प्रतियोगितामा विजेता र उपविजेतालाई सिल्ड तथा उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर तथा खेलाडीहरूलाई पदकद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।
Facebook Comments Box











