जनकपुर , मंसिर — १
मधेस प्रदेशसभाबाट पदमुक्त गरिएका पाँच प्रदेशसभा सदस्यले दायर गरेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो।
रिट दायर गर्नेमा जसपा नेपालका संजयकुमार यादव, मनिषकुमार सुमन, सिंगासन सा कलवार, शंकरप्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह छन्। गत बिहीबार सात दलका ६४ सांसदले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गराउन खोजेपछिको रातमै प्रदेशसभा सचिवालयले उनीहरूलाई पदमुक्त गरेको सूचना जारी गरेको थियो। भोलिपल्ट सो सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भएको थियो।
सदस्यहरूले प्रदेशसभा सचिवालय, प्रदेश सचिव तथा सभामुख मण्डललाई प्रतिवादी बनाउँदै आफ्नो पदमुक्ति ‘अवैधानिक र मनोमानी’ भएको भन्दै रिट दर्ता गरेका हुन्।
यसबारे उत्पन्न कानुनी विवादले प्रदेशको राजनीतिक अवस्था झन् जटिल बन्दै गएको छ। संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भइसकेपछि मधेसमा सत्ता समीकरण र प्रक्रियागत वैधानिकता सम्बन्धी बहस थप तीव्र बनेको छ।