बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय 

एजेन्सी , मंसिर – १
बंगलादेशको *अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनल*ले पूर्वप्रधानमन्त्री *शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय* सुनाएको छ।
ट्राइब्युनलले गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहको क्रममा हसिनामाथि लगाइएको *मानवीय अपराधको आरोप*मा यो फैसला सुनाएको हो। हाल *भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमा* मुद्दा अघि बढाइएको थियो।
साथै, तत्कालीन *गृहमन्त्री आसदुज्जामान खान कमाल*लाई पनि मृत्युदण्डको सजाय दिइएको छ। तत्कालीन *प्रहरी प्रमुख अल ममून*लाई भने सरकारी गवाहाको भूमिकामा रहेकाले *५ वर्ष जेल सजाय* सुनाइएको छ।
४५३ पृष्ठको फैसलालाई अदालतले *आठ भागमा विभाजन गरेर पढ्ने* जानकारी दिएको छ। फैसलाको घोषणा *बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण* गरेको थियो।
यो फैसला बंगलादेशमा राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो चर्चा बटुल्ने निश्चित छ।
सम्बन्धित पोस्टहरुः