जेन–जी आन्दोलनपछि बन्द सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालन

वीरगंज , मंसिर – १
गएको भदौ २४ गतेको जेन–जी आन्दोलनपछि आगजनी र तोडफोडका कारण आशिंक रूपमा सञ्चालन हुँदै आएको सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। अदालतले कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) मा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाबाट अवरुद्ध भएका सबै मुद्दा र सेवाहरू मंसिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । आजबाट मुद्दा दर्ता, पुनरावेदनपत्र, दोहोर्याइ पाउने निवेदन, पुनरावलोकन निवेदन लगायतका सबै मुद्दा र निवेदनहरूको दर्ता र सुनुवाइ सुरु भएको सर्वोच्च अदालतले जानकारी दिएको छ । जेन–जी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरू समेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीलाई पुनःप्राप्त (रिकभर) गरी कामकाज सुरु भएको हो ।
सम्बन्धित पोस्टहरुः