वीरगंज , मंसिर – १
एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसमक्ष १३१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल बनायो। जनकपुरका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ५४ रनको पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याकए । त्यस्तै मयन यादवले ३४ रन जोडेर योगदान गरे भने लाहिरु समारकूनले २२ रन बनाए। बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल रहे । बलिङतर्फ काठमाडौं गोर्खाजका मिलिन्द कुमार सर्वाधिक सफल रहे। उनले ३ विकेट हात पारे। त्यस्तै सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिए । अब काठमाडौंले यो लक्ष्य पछ्याउँदै खेलमा अग्रता लिने प्रयास गर्नेछ ।