वीरगन्ज,३ मंसिर । वीरगन्जकाे नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ।
वीरगन्ज-१६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा मध्यरातमा आगलागी भएको हो।
आगालगीबाट जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
मंगलबार राति पाैने १ बजेकाे समयमा दुवै बसामा आगाे लागेपछि प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।
बसमा आगलागीको कारण खुल्न नसकेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे उनले बताए ।











