प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमाले सर्वोच्चमा रिट दायर गर्न जाने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर – ३

प्रतिनिधि सभा विघटनको विरोधमा उभिएको नेकपा एमाले आइतबार सर्वोच्च अदालतमा पुनर्स्थापनासम्बन्धी रिट निवेदन दायर गर्न लागेको छ।

मंगलबार बसेको विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालतमा जाने अधिकार दिएको थियो।

एमालेले प्रतिनिधि सभा विघटन विरुद्ध सबै राजनीतिक पार्टी, नागरिक समाज र विभिन्न पेशामा रहेका व्यक्तिहरूलाई एकजुट भएर उभिन आह्वान पनि गरेको छ।

पार्टीले आवश्यक कागजात तयार पार्न कानुन जानकारहरूसँग छलफल गरिरहेको जनाएको छ।

एमाले संसदीय दलका नेता बर्तौलाले भने, “आज बिहीबार र शुक्रबार तयारी गरेपछि आइतबार रिट निवेदन लिएर अदालत पुग्छौँ । रिटमा व्यक्ति होइन, सिङ्गो एमालेको प्रतिनिधित्व हुनेछ।”

भदौ २३–२४ को जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गते चुनावको मिति घोषणा गरेका थिए ।

सम्बन्धित पोस्टहरुः