search

दुर्गा प्रसाईँको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? ओलीको प्रश्न

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओका विषयमा सरकारसँग जवाफ मागेका छन्। प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेपछि राति पक्राउ गरिएको घटनाप्रति टिप्पणी गर्दै ओलीले सरकार दमनको बाटोबाट नहिंड्न चेतावनी दिए।

स्थानीय तहका जनप्रतिनिधिको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्यो्। म सोध्न चाहन्छु—प्रधानमन्त्रीसँग त्यस भिडिओको जवाफ छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? यति मात्रै पुलिस पठाएर समस्या समाधान हुन्छ ?”

ओलीले प्रसाईँले “भएको कुरा नै सार्वजनिक गरेको” दाबी गर्दै उनलाई तुरुन्त रिहा गर्न सरकारलाई आग्रह गरे । उनका अनुसार अभिव्यक्ति दिएको आधारमा पक्राउ गर्नु मानवअधिकार उल्लंघन हो।

“ मानवअधिकार आयोगले नै भनिसक्यो—बोलेको कारण थुन्नु मानवअधिकारको उल्लंघन हो। सरकारलाई यस्तो उल्लंघन गर्ने अधिकार छैन,” ओलीले भने, “पछाडि हट्नुपर्छ। ” यसअघि प्रसाईँले विभिन्न संवेदनशील आरोपसहित भिडियो सार्वजनिक गरेका थिए। सोही केही घण्टामै उनलाई प्रहरीले पक्राउ गरेको थियो।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads