search

सिमरा घटना : एमाले निकट समूहको आक्रमण भएको जेनजी संयोजक यादवको ठहर

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ३

बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेको भन्दै माहोल तनावपूर्ण बनेको छ । जेनजी मधेश प्रदेश संयोजक शिव यादवका अनुसार, जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका दर्जनौं युवालाई कुटपिट गर्दा घाइते भएका छन्।

यादवले फेसबुकमार्फत प्रकाशित विज्ञप्तिमा घटना एमालेको सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्। उनका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालित समूहले हस्तक्षेप गरेको थियो।

जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको बताउँदै यस घटनालाई आन्दोलन बदनाम गर्ने दुष्प्रयास भएको यादवले बताएका छन्। उनले पूर्वमन्त्री महेश बस्नेतलाई घटनाको मुख्य योजनाकार ठहराउँदै उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण गतिविधि गर्दै आएको छ, जसले शान्ति सुरक्षामा खलल पुर्या एको छ,’ यादवले भने । उनले यस विषयमा राज्य र राज्य संयन्त्रलाई संवेदनशील भएर कडा कदम चाल्न पनि आग्रह गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads