search

स्रोत नखुलेको नगदसहित पर्सा र बाराबाट दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ मंसिर । पर्सा र बारामा सशस्त्र प्रहरीले स्रोत नखुलेको नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगंजमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपियाँँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाउँँका २५ वर्षीय आनन्द कुमार रहेका छन् ।

भारतको रक्सौलबाट बीआर–०५ एभी–५९८३ नम्बरको मोटरसाइकलमा वीरगंज आउँदै गरेका कुमारलाई वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले रोक्दै चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनी लगाएको हेल्मेटको भित्रबाट नेपाली ३ लाख रुपियाँँ बरामद भएको प्रहरीको भनाइ छ। बरामद रकमको श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरीले उनीमाथि नियन्त्रण लिएको हो। रकम र मोटरसाइकलसहित कुमारलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी सशस्त्र प्रहरी बाराले श्रोत नखुलेको १० लाख ८० हजार स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

सशस्त्र प्रहरीको टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट १० लाख ८० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

बरैनियास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपाल आउदै गरेको लु ४ प ६४६२ नम्बरको मोटर साइकल रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलको भित्र लुकाई राखेको श्रोत नखुलेको नेपाली १० लाख ८० हजार रुपियाँँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । रकम र मोटरसाइकलसहित ती व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads