search

जेनजीका २३ समूहले राष्ट्रपति पौडेललाई ५ बुँदे मागसहित बुझाए ज्ञापनपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज मंसिर – ४

विभिन्न नामका २३ जेनजी समूहले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधनसमेत गरिनुपर्ने माग राखेका छन्।

ज्ञापनपत्रमा उनीहरूले सरकारलाई दिशाहीन रहेको आरोप लगाउँदै विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि नभएको र जेनजीका २३ एलाइन्स, घाइते तथा शहिद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन्।

यदि माग पूरा नगरेमा उनीहरूले सरकार फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा नयाँ सरकार गठनको मध्यस्थता गराउन राष्ट्रपति समक्ष आग्रह गर्ने र अन्यथा शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन्।

ज्ञापनपत्र बुझाउने समूहहरूमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइई एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन्।

मागमा मुलुकमा भएका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नको कारवाही, जेनजी आन्दोलनमा हिंसामा संलग्नको कारवाही, घाइतेको उपचार र सहिद परिवारको उचित क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न सरकारलाई जोड दिइएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads