वीरगंज , मंसिर – ४
बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्युको अवज्ञा गर्दै जेन–जी प्रदर्शनकारी सडकमा उत्रिएका थिए। बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर प्रयोग गरिएको हो ।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार घाइते भएका छन् ।
घाइते प्रदर्शनकारीहरूले बुधबार आफूहरूमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । यसैक्रममा प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।











