search

सिमरामा जेन–जी प्रदर्शन स्थगित , राजमार्ग खुल्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ४

बाराको सिमरा क्षेत्रमा जेन–जी युवा समूहले गरेको राजमार्ग अवरुद्ध प्रदर्शन बिहीबार स्थगित भएको छ । विगत दुई दिनदेखि जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात ठप्प थियो ।

जेन–जी युवा कपिल खरेलका अनुसार प्रशासनसँग सहमतिअनुसार बिहीबारको कार्यक्रम रोकिएको हो । उनले भने, “प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। भोलि (शुक्रबार) वार्तामा बस्छौँ, त्यसैले आजको प्रदर्शन रोक्ने निर्णय गरियो ।”

झडपका क्रममा ६ प्रहरी र ४ जना जेन–जी युवा घाइते भएका थिए। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी र वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शन स्थगित भएपछि बिहान ११ बजेदेखि सडक खुल्यो र रोकिएका गाडीहरू गन्तव्यतर्फ अघि बढेका छन्। स्थानीय व्यापारिक गतिविधि पनि क्रमशः सामान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार हुने वार्तामा आन्दोलनकारीको मागबारे वस्तुगत छलफल गरी समाधान निकाल्ने दाबी गरेको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads