search

कमला नदीको अधुरो पुल तीन महिनामा सक्ने निर्माण कम्पनीको प्रतिबद्धता

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ६

मधेसको महत्वपूर्ण हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको १४ वर्षदेखि अधुरो पुल अब तीन महिनाभित्रै पूरा गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शुक्रबार स्थलगत निरीक्षण गर्दै स्थानीयले वर्षौँदेखि भोग्दै आएको जोखिम र सास्ती नजिकबाट अवलोकन गरे। उनले स्वयं डुङ्गा चढेर नदी पार गर्दै दैनिक पीडा अनुभूत गरेका थिए ।

निरीक्षणपछि मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेख्दै आफ्नो मन भारी भएको उल्लेख गरे । उनले तत्काल आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे छलफल भएको र प्रक्रिया अघि बढाइने बताए । प्राविधिक पक्षमा उठेका सवालमा सम्बद्ध निकायहरू जिम्मेवार हुने र मन्त्रीस्तरीय अनुगमन निरन्तर चलिरहने बताएका छन् ।

निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्री समक्ष तीन महिनाभित्र पुल सञ्चालनमा ल्याउने स्पष्ट प्रतिज्ञा गरे।

यो पुल २०६८ सालमा तीन वर्षमै सक्ने सम्झौता गरिएको थियो। तर ठेकेदार पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेपछि कालोसूचीमा पर्योा र बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो। २०७८ असारको बाढीमा दुई पिल्लर भासिएपछि काम थप ढिलाइ भएको हो ।

४६९ मिटर लम्बाइको पुलको हाल ८३% भौतिक र ८२% वित्तीय प्रगति पुगेको छ। सम्झौतामा हाल नवौँ म्याद थप्ने प्रक्रिया चलिरहेको छ ।

स्थलगत टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, योजना कार्यालय जनकपुरका प्रमुख तथा जेनजी अगुवाहरू सहभागी थिए।

कमला नदीको पुल मधेस प्रदेशको यातायात सुगमता, सुरक्षा र आर्थिक विकासका लागि निर्णायक मानिन्छ। मन्त्रालयले अब नियमित अनुगमन गर्दै काम समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads