वीरगंंज , मंसिर – ६
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता नामावलीमा समावेश भएका छन्। निर्वाचन आयोगले दर्ता अवधि सकिएपछि सार्वजनिक गरेको तथ्यांकअनुसार यसपटक मतदाता नामावली अद्यावधिक प्रक्रिया अत्यन्तै व्यस्त रह्यो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३ लाख ४४ हजार ९१४ जनाले फोटो र औँठाछापसहितको बायोमेट्रिक प्रणालीमार्फत दर्ता गरेका छन् । ४ लाख ९२ हजार १८० जनाले राष्ट्रिय परिचयपत्रको विवरणमार्फत अनलाइन दर्ता गराएका छन् ।
राष्ट्रिय परिचयपत्रको डेटा प्रयोग गरेर अनलाइन दर्ता सहज भएपछि नयाँ मतदाता थपिँदै जाने क्रम तीव्र बनेको आयोगले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत मतदाता नामावली सङ्कलन पूरा भएको जानकारी दिँदै नयाँ मतदाताको उच्च सहभागितालाई सकारात्मक संकेतका रूपमा लिएकी छन्।
निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार मतदाता नामावली दर्ता हिजोबाट औपचारिक रूपमा बन्द भएको छ। अब गुनासा तथा विवरण सच्याउने प्रक्रिया अनुसूचीअनुसार अघि बढाइनेछ ।











