search

जेनजी र एमालेबीचको झडपपछि बारा प्रहरीका नेतृत्व फेरबदल

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ६

बारामा जेन–जी युवा र एमाले कार्यकर्ताबीचको झडपपछि उत्पन्न तनावको पृष्ठभूमिमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय (हेडक्वर्टर) तानिएको छ । तामाङको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुवँरलाई बारा पठाइएको छ ।

सिमरा क्षेत्रमा दुई दिनयता जेनजी आन्दोलन र राजनीतिक समूहबीचको झडपमा प्रहरीको भूमिकाबारे प्रश्न उठ्न थालेपछि हेडक्वर्टरले तामाङलाई फिर्ता बोलाएको स्रोतहरूको अनुमान छ ।

यसै क्रममा प्रहरी संगठनभित्र अन्य सरुवाहरू पनि भएका छन्। धादिङका एसपी भेषराज रिजाललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सारिएको छ भने धादिङको जिम्मेवारी एसपी सुमित खड्कालाई तोकिएको छ ।

हालैका झडप, कर्फ्यू अवज्ञा र दोहोरो तनावका घटनाले बाराको सुरक्षा स्थितिलाई चुनौती दिएका बेला नयाँ प्रहरी नेतृत्वले कस्तो रुपमा व्यवस्थापन गर्छ भन्ने कुरामा स्थानीयको ध्यान केन्द्रित भएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads