वीरगंज , मंसिर – ७
वीरगंज महानगरपालिका–१६ स्थित रक्सौल–बीरगंज मितेरी पुल आसपासको हरियाली र सौन्दर्यकरणलाई थप प्रभावकारी बनाउन महानगरले सुरु गरेको सफाइ तथा वृक्षारोपण अभियान २२ दिनमा पुगेको छ ।
यही अभियानअन्तर्गत आज मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।
बढ्दो शहरीकरणबीच सीमाक्षेत्रमा वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली संरक्षण सुनिश्चित गर्ने र क्षेत्रको दीर्घकालीन सौन्दर्यकरण गर्ने लक्ष्यसहित अभियान निरन्तर सञ्चालन हुँदै आएको छ ।
आजको कार्यक्रमअन्तर्गत मेयर सिंहले १०–१५ फिट उचाइका बिरुवा रोपेर अभियानलाई निरन्तरतासँग अघि बढाउन आग्रह गरे ।
अभियान बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०को संयुक्त पहलमा सञ्चालन भइरहेको छ ।
दैनिक रूपमा सफाइ, वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको अभियानमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सक्रिय सहभागीता रहेको मेयर सिंहले बताए ।
उनका अनुसार यसले बीरगंज–रक्सौल सीमाक्षेत्रलाई स्वच्छ, हरियालीयुक्त र व्यवस्थित शहरको नमूनाका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्या उनेछ ।











