search

बारा–पर्सामा हैजाविरुद्ध ९० प्रतिशत खोप कवरेज

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ७

बारा र पर्सा जिल्लाका हैजा प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोप अभियान अत्यन्त सफल बनेको छ । दुई चरणमा सम्पन्न अभियानमार्फत झन्डै ९० प्रतिशत स्थानीयवासीले हैजाविरुद्धको खोप लिएका स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार बारा जिल्लामा ८८.२५ प्रतिशत अर्थात ३ लाख २२ हजार ९२६ जनाले खोप लिएका छन्। पर्सा जिल्लामा भने ९० प्रतिशत अर्थात ५ लाख ८९ हजार ३५४ जनाले खोप ग्रहण गरेका छन्।

हैजा महामारीविरुद्ध संरक्षण गर्ने उद्देश्यले पहिलो चरण असोज २६–कात्तिक २ र दोस्रो चरण कात्तिक १३–२७ गतेसम्म एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरिएको थियो।

डा. गौतमले यसपटकको खोप अभियान अहिलेसम्मकै उच्च कभरेज भएको बताए । यसअघिका अभियानहरूमा ७०–८० प्रतिशत खोप लगाइने गरेकोमा घरघरमै गएर खोप लगाइएको कारण कवरेज ९० प्रतिशतसम्म पुगेको बताइएको छ ।

गएको भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका ६ र पर्साका १४ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads