वीरगंज, ७ मंसिर । वीरगंज महानगरपालिका अन्तर्गत संचालित जनस्वास्थ्य प्रयोगशालामा पहिले ५५ वटा परीक्षण सेवा मात्रै उपलब्ध रहेकोमा थप १५ नयाँ परीक्षण शुरू भएसँगै कुल ७० प्रकारका स्वास्थ्य परीक्षण उपलब्ध भएको छ ।
नगरप्रमुख राजेशमान सिंहका प्रयोगशालामा हुने परीक्षण सेवा नारायणी अस्पतालसँग तुलना गर्दा सस्तो हुने बताए । उनले बाहिरको निजी ल्याबहरूमा १०० रुपियाँ लाग्ने परीक्षण यहाँ २५ रुपियाँमै हुने भएकाले सर्वसाधारणका लागि ठूलो राहत भएको बताए ।
सस्तो ल्याबका नाममा गलत रिपोर्ट दिने चलनलाई रोक्न अत्याधुनिक मेसिन प्रयोग गरिएको र सम्पूर्ण जिम्मेवारी वीरगंज महानगरको स्वास्थ्य शाखाले वहन गरेको पनि उनले स्पष्ट पारे। वीरगंजवासीले यो ल्याबबाट अधिकतम लाभ लिन उनले आग्रह गरे ।
Facebook Comments Box











