search

बगहीमा आकस्मिक स्वास्थ्य उपचार सेवा शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ मंसिर । वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइतवारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवा शुरू गरिएको छ ।

आइतवार वीरगंज महा नगरपालिकाका प्रमुख राजेशमान सिंहले बगही प्राथमिक स्वास्थ्य केन्द्रको २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवाको शुभारम्भ गरेका हुन् ।

मेयर सिंहले स्वास्थ्य क्षेत्रको स्तरोन्नति महानगरपालिकाको मुख्य प्राथमिकतामा रहेको र त्यसै अनुसार काम भइरहेको बताए । उनले बगही प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अब २४ घण्टे आकस्मिक उपचार सेवा सञ्चालनमा आएपछि बगही र त्यस आसपासका हजारौ नागरिकलाई आपतकालीन अवस्थामा उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । कार्यक्रममा वीरगंज महा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडाध्यक्ष सर्युग महतो धानुक लगायतकाको सहभागिता थियो ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads