search

एनपिएलः विराटनगर किंग्सले जनकपुर बोल्टसलाई ९ रनले हरायो

पढ्न छुटाउनुभयो ?

काठमाडौं ८ मंसिर। थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads