search

१५ लाख नगदसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ मंसिर । स्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ परेका छन् ।

पर्सा जिल्लाको पकाहामैनपुर वडा नं.१ बस्ने वर्ष ३४ को अवधेश पटेललाई आइतवार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ ।

भारतबाट आँउदै गरेका पटेलले हाँकेको बीआर २२ए एफ ४१२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलाबाट नगद १५ लाख रुपियाँँ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
पटेलको साथबाट प्रहरीले हजारको नोट ७९० थान, ५०० दरका नोट १३०१ थान, सयको ५६९ थान रु ५० को ५० नोट गरी जम्मा १५ लाख रकम सहित पक्राउ गरेको बस्नेतले बताए । रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनिविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को क बमोजिम कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads