search

वीरगंजका दुई कार्यालयका २६ जना करार कर्मचारी हटाइएपछि सेवा प्रभावित

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज, ९ मंसिर । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरकारको निर्णयविपरीत करारमा खटेका वीरगंजका दुई कार्यालयका २६ जनालाई अवकाश दिएपछि ती कार्यालयका कामहरू अहिले प्रभावित भएका छन्।

मन्त्रिपरिषद्को निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूलाई अवकाश दिन जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार भएको थियो। सोही अनुसार प्रजिअ दाहालले गत मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय पर्साका १७ जना र यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत सातजना करारका कर्मचारीलाई अवकाश दिएका थिए।

यी दुई कार्यालयका २६ जनालाई निष्कासन गर्दै सरकारको निर्णय कार्यान्वयन गरिए पनि अहिले दरबन्दी अनुसारको कर्मचारी नभएर करार नियुक्तिबाट काम चलाउँदै आएका दुई कार्यालयमा सेवा प्रवाहमा समस्या देखिएको छ।

यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कुशेश्वर साहले लाइसेन्स शाखा बढी प्रभावित भएको बताए। उनले सो शाखामा करारबाट सबै काम हुँदै आएकाले नयाँ कर्मचारीबाट सेवा लिनुपर्दा सेवाग्राहीलाई समस्या भइरहेको बताए। कम्प्युटर, रसिद, राजस्व सङ्कलन जस्तो काममा करार कर्मचारी खटेका र अहिले सो शाखामा समस्या भएको बताए।

भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा पनि सेवाग्राहीलाई अहिले समस्या भोग्नुपरेको छ। सो कार्यालयमा कार्यरत १९ जना करारका कर्मचारी हटाइपछि सेवा प्रभावित भएको अधिकृत इजहार आलमले बताए।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads