search

रौतहटमा २५ वर्षीया महिलाको विभत्स हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ९

रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको परिवारकै सदस्यको मिलेमतोमा हत्या गरिएको खुलासा भएको छ । सोमबार राति आफ्नै घरको भुसारेमा खाडल खनी गाडिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको हो ।

मृतकका पति शेख आदिल साउदी अरबमा रहेका बेला परिवारका सदस्यहरू फरार भएका छन् । उनीहरूले डेढ वर्षीय मोहम्मद आरिफलाई पनि लिएर भागेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

गत कात्तिक १८ गते माइतीतर्फको विवाह समारोहमा भतिजो पर्ने शेख अलाहुदिनसँग ‘अनैतिक सम्बन्ध’ देखिएको भन्दै परिवारले विवाद गर्दै आएको मृतकका बुबा ताज मोहम्मदले बताए । सोमबार राति सोही विवादका कारण परिवारले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

खातुनको दायाँ खुट्टामा गम्भीर चोट तथा टाउकोमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ भने फरार परिवारजनको खोजी जारी छ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads