search

भन्सार एजेन्टको नयाँ व्यवस्थाप्रति एजेन्टको असन्तुष्टि, काम रोक्ने चेतावनी

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २० जेठ/ नेपाल सरकारले जारी गरेको भन्सार एजेन्टसम्बन्धी नयाँ नीतिका कारण भन्सार एजेन्टहरूमा खैलाबैला मचेको छ।
नेपाल सरकारको आर्थिक विधेयक २०८० अनुसार भन्सार चौथो संशोधन नियमावली २०८० अनुसार भन्सार विभागबाट इजाजत लिएका भन्सार एजेन्टले वा व्यवसायी स्वयंले मात्रै सामानको जाँच पास गराउन हस्ताक्षर गर्न सक्ने नयाँ नीति ल्याएपछि भन्सार एजेन्टहरू सो नीतिप्रति असन्तुष्ट देखिएका छन्।
यसअघि मालवस्तुको भन्सार बिन्दुमा निकासी अथवा पैठारीको प्रज्ञापनपत्रमा भन्सार विभागबाट इजाजत लिएका भन्सार एजेन्ट एवं एजेन्टले नियुक्त गरेका दुईजना प्रतिनिधि र मालसामान निकासी पैठारी गर्ने व्यवसायी स्वयंले हस्ताक्षर गर्ने प्रावधान थियो। तर भन्सार विभाग मातहतको वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जेठ १९ गते शुक्रवार नयाँ नीतिसहितको परिपत्र जारी गरेपछि वीरगंज भन्सार एजेन्ट सङ्घले दिनभर आन्दोलन गरेको थियो।
आन्दोलनका कारण वीरगंजस्थित वीरगंज भन्सार एवं सुक्खा बन्दरगाह भन्सार कार्यालयमा नियमित काम हुन नसकेको बताइएको छ।
नयाँ नीतिप्रति घोर विरोध रहेकोले हडतालमा उत्रिएको र समस्या समाधानको लागि भन्सार एजेन्ट महासङ्घले भन्सार विभागसँग छलफल गरिरहेकाले हाललाई हडताल फिर्ता लिएको वीरगंज भन्सार एजेन्ट सङ्घका अध्यक्ष्F राजमान तामाङले जानकारी गराए।
यस विषयमा वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालसँग सोध्दा उनले नयाँ नीति आगामी आर्थिक वर्ष साउनदेखि लागू हुने भएकोले त्यसबारेमा व्यवस्थापन मिलाउन भन्सार एजेन्टहरूलाई सहजीकरण गर्न परिपत्र जारी गरिएको बताए।
तर परिपत्र जारी हुने बित्तिकै नियम लाग्ने भएको र हाल पनि पुरानै अवस्थाबाट काम भइरहेको उनले जानकारी गराए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads