search

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ ।

मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा. वडा नं. ५ बटसौरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट स.प्र.नि. दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती इलाकामा परालको कुन्यु भित्र लुकाई छिपाई राखेको २१३ किलो ग्राम गाँजा २० वटा पोकामा प्याक गरिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी गराएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल  नं. १३गण हेडक्वार्टर पर्साले सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार–पसारमा कडा निगरानी राख्दै इन्टेलिजेन्स लेड अपरेशन तीब्र रूपमा संचालन गर्दै आईरहेको छ । सोही क्रममा उक्त गणका गणपति सप्रउ पुरन चन्द्र भट्टले लागुऔषध दुव्र्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरू पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निस्तेज गर्ने कार्यलाई अभियानकै रूपमा संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरूप पर्सा जिल्लामा प्रभावकारी रूपमा लागुऔषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads