search

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल

वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले अर्ब बढी बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । कोलकाता बन्दरगाहस्थित नेपाली क्लियरिङ एजेन्टहरूको साझा संस्था नेपाल कार्गो ह्यान्डलिङ एजेन्ट एशोसिएशन (नेटा) कोलकाताका सचिव महेन्द्र दुगडले अहिलेसम्म चार अर्ब रकम बक्यौता रहेको बताए ।

उनले तेस्रो मुलुकहरूबाट आउने कन्टेनरहरू कोलकाता बन्दरगाहबाट जाँचपास गराउँदा लाग्ने शुल्कहरू पनि नेटामा आबद्धहरूले तिर्ने गरेका तर त्यसको समुचित खर्च नदिएर अहिलेसम्म नेपाली व्यापारीहरूको नाममा चार अर्ब बक्यौता भइसकेको बताए । उनले नेटामा ६० जना सदस्य रहेका र उनीहरूकै यो बक्यौता रकम रहेको बताए ।

उनले नेपाली व्यापारीहरूले सामान पुगेपछि ढिला भुक्तानी दिने, भुक्तानीमा आनाकानी गर्ने र प्रत्येक वर्ष पूरा भुक्तानी नदिने गरेका कारण अहिलेसम्म चार अर्ब बक्यौता भएको बताए । उनले तेस्रो देशबाट आउने सामानहरू कोलकाता बन्दरगाहबाट छुटाउनका लागि नेपाली व्यापारीहरूले ढिला गर्ने गरेकाले पनि अनावश्यक डेमरेज चार्ज लाग्ने गरेको बताए ।

यसैगरी, सचिव दुगडले नेपाली व्यापारीहरूले रेलमार्गबाट सामान मगाउँदा महँगो भाडा तिर्नुपरिरहेको बताए । उनले २० फिटे कन्टेनर रेलमार्गबाट मगाउँदा वीरगंजसम्म ५५ हजार भाडा पर्न जान्छ, जबकि सोही कन्टेनर सडकमार्गबाट मगाउँदा ६५ हजार पर्छ । तर रेलमार्गबाट अनलोड, लोड अनि गोदामसम्मको सवारी भाडा अतिरिक्त शुल्क लाग्ने हुँदा रेलमार्गभन्दा सडकमार्गबाट व्यापारीको गोदामसम्म सीधा जाने हुनाले सजिलो र सहुलियत हुने बताए ।

Facebook Comments Box

ताजा खबर

वीरगंजमा नम्बर प्लेट नभएका भारतीय ई–मोटरसाइकल छ्यापछ्याप्ती

राधेश्याम पटेल वीरगंज, १० मंसिर । केही समयदेखि छिमेकी भारतको रक्सौलबाट ई–मोटरसाइकल निर्बाध वीरगंज प्रवेश गरिरहेका छन् । नम्बर प्लेट नभएका...

सम्बन्धित खबर

- Advertisement -neelambads