search

जसपा नेपालद्वारा प्रधानमन्त्रीलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – १०

जनता समाजवादी पार्टी (जसपा) नेपालले देशव्यापी अभियान अन्तर्गत आज रौतहटमा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई विस्तृत ज्ञापनपत्र बुझाएको छ । पार्टीले ज्ञापनपत्रमार्फत देशमा जारी राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको सुस्ती र सामाजिक न्याय तथा समावेशीतामा अपेक्षित प्रगति नदेखिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

२८ बुँदे मागमा विशेषगरी राज्य पुनर्संरचनामा असमानता सच्याउने, २०६२/६३ को जनआन्दोलनले प्रदान गरेको अधिकार अनुसार समानुपातिक तथा समावेशी पुनर्संरचना सुदृढ पार्ने, साझा शासन र स्वशासनको प्रभावकारी कार्यान्वयन, तथा दलित, महिला, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारू लगायत पिछडिएका वर्गको न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने विषयहरू समावेश छन् ।

साथै, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, रोजगारी, युवानीति, सीप विकास, उद्यमशीलता प्रवर्द्धन, स्थानीय तहको आर्थिक–प्रशासनिक स्वायत्तता, करसंग्रह अधिकार, सुशासन, भ्रष्टाचार नियन्त्रण र सुरक्षा निकायमा समानुपातिक समावेशीता सुनिश्चित गर्नुपर्ने माग पनि पत्रमा उल्लेख गरिएको छ ।

जसपा नेपालले सरकारलाई मागहरू तत्काल सम्बोधन नगरे कडा र चरणबद्ध संघर्ष कार्यक्रम अघि सार्ने चेतावनी पनि दिएको छ । ज्ञापन पत्र बुझाउने क्रममा जसपा नेपाल रौतहटका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments Box

ताजा खबर

पर्सामा १५ हजार भन्दा बढी नयाँ मतदाता थपिए

वीरगंज , मंसिर - १० ?आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लामा १५ हजार ४५ जना...

सम्बन्धित खबर

- Advertisement -neelambads