वीरगंज ,मंसिर – ११
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनहरूको सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिटको पेसी निर्धारण गरिएको हो ।
यस विषयमा अर्जुन शाहले कात्तिक २४ गते रिट दायर गरेका थिए भने प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवसहितका सांसदहरूले अर्को रिट कात्तिक २५ गते दर्ता गराएका थिए । दुवै रिटमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधानअनुकूल नभएको दाबी गरिएको छ ।
अब दुवै रिट निवेदनमा सुनुवाइ अदालतले तोकेको मितिअनुसार क्रमशः अघि बढ्नेछ ।











