वीरगंंज , मंसिर – ११
वीरगंज–२ छपकैयाकी मुस्कान खातुन प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका संयोजक प्रचण्डले खातुनलाई पार्टीमा स्वागत गरे।
पार्टीले उनलाई केन्द्रीय समिति सदस्य बनाउने निर्णय पनि गरेको छ। नेकपाका सहसंयोजक माधवकुमार नेपालले यो निर्णयको जानकारी दिएका छन् ।
मुस्कान २०७६ भदौ २० गते एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि पुनः स्वास्थ्य लाभ गरेकी मुस्कान सामाजिक क्षेत्रमा सक्रिय छिन् । उनको साहस र योगदानको कदर गर्दै अमेरिकाले उनलाई अन्तर्राष्ट्रिय साहसी महिला (IWOC) सम्मान पनि प्रदान गरिसकेको छ।
यसैबीच, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि नेकपामा प्रवेश गरेका छन्।







