वीरगंज सुपर लिगको उपाधि ड्रागन्स अफ साहिब दरबार, वीरगंजले उचाल्यो

वीरगंज, ११ मंसिर ।  वीरगंज सुपर लिग (बिएसएल) क्रिकेट प्रतियोगिताको उपाधि ड्रागन्स अफ साहिब दरबार वीरगंजले उचालेको छ ।
बिहीवार भएको खेलमा मधेश इलाइटसलाई ८ विकेटले पराजित गरेको हो ।
मधेश इलाइटस्ले २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । प्रतिउत्तरमा ड्रागन्स अफ साहिब दरबारले १०.३ ओभर खेल्दै दुई विकेटको क्षतिमा १२६ रन बनाएको हो ।
साहिब दरवार लिग चरण अन्तर्गत ४ खेलमा जीत हात गरी फाइनलमा प्रवेश गरेको हो।
नारायणी क्रिकेट मैदानमा बिहीवार भएको पहिलो ब्याटिङ गरेको मधेश इलाइट्सका सन्नी कुशवाहाले १५ रन, हिमांशु गुप्ताले ५१, नवीनकुमार यादवले ७, शुभम बरालले १९, साहिल राज हवारीले २५ रन बनाएका थिए ।
प्रतिउत्तरमा ड्रागन्स अफ साहिब दरबारका सन्तोष कार्कीले ९ रन, विवेक प्रजापतिले ४, आरिफ हवारीले २ र आसिम हवारीले १९ रन बनाएका थिए ।
वीरगंज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको यस प्रतियोगितामा १५ टीमले भाग लिएका थिए ।
सम्बन्धित पोस्टहरुः