search

कोकिननसहित एकजना भारतीय नागरिक बाराबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ मंसिर । इलाका प्रहरी कार्याय छतवा, बाराले कोकिनसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

बिहीवार दिउँसो २ बजे जिल्ला बारा, विश्रामपुर गा.पा.–१ खेखरिया स्थित भारतबाट नेपाल आउँदै गरेको बिआर ०५ एएन ३५३२ नं.को मोटरसाइकल इ.प्र.का. छतवााक प्र.ब.ना.नि. अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दुध बोक्नको लागी फलामको साँचा मुनि जुटको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको १९ वटा प्याकेटमा सेतो प्लाष्टिकमा लागु औषध (कोकिन जस्तो देखिने सेतो पदार्थ) प्लाष्टिक सहित २१ ग्राम ६५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारत, पूर्वी चम्पारण बिहार नायकटोल बस्ने वर्ष ३५ को लाल बाबु साहलाई पक्राउ गरी अनुसन्धानका लागि इ.प्र.का.प्रसौनी बारामा पठाएको जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

वीरगंज सुपर लिगको उपाधि ड्रागन्स अफ साहिब दरबार, वीरगंजले उचाल्यो

वीरगंज, ११ मंसिर ।  वीरगंज सुपर लिग (बिएसएल) क्रिकेट प्रतियोगिताको उपाधि ड्रागन्स अफ साहिब दरबार वीरगंजले उचालेको छ । बिहीवार भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads