search

भारतीय रेल्वेको आवरोधको कारण नेपालको समान आएन्

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ मंसिर । भारतीय रेल्वेको अवरोध(रिसट्रिक्शन) को कारण नेपालको समान ढुवानीमा समस्या भइरहेको छ । विगत डेढ महिना यता कोलकातादेखि वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह सम्मको रुटमा विभिन्न अवरोधको कारण समान आयात असहज बनेको व्यवसायीको भनाई छ ।

वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले तिहार छठ देखि हाल सम्म भारतीय रेल्वे अवरोधको कारण नेपाली व्यवसायीको तेसो मुलुकबाट आयातित समान प्रभावित भएको बताए । उनले ४ दिनमा आउनु पर्ने समान २२ दिनमा पनि कोलकाता बन्दरगाहबाट वीरगंज आउन नसकेको जनाए । उनले यसबारेमा नेपालको माथिल्लो निकय र भारतीय पक्ष पनि गम्भिर बन्नु पर्ने सुझाव दिए ।

लामो समय भारतीय रेल्वेले अवरोध लगाउँदा नेपाली व्यवसायीको करोडौंको हार्जाना अर्थात डेमेरेज र डिटेन्शन (विलम्ब शुल्क) सिपिङ्गलाइन कम्पनी र बन्दरगाहलाई तिर्नु पर्ने बाध्यता थपिएको व्यवसायीहरुले बताएक छन् । संघका अध्यक्ष हरि गौत्तमले विहारमा भर्खरै सम्पन्न विधानसभा चुनाव लक्षित रेल्वे कर्याक्रमले यस्तो लामो अवरोध नेपाली व्यवसायीले खेपेको र नोभेम्बर २७ सम्म नै अवरोध फुकुवा नहुदाँ आफुहरु चिन्तामा परेको उनले बताए । यस विषयमा संघका पदाधिकारीहरु वीरगंज श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिका अधिकारीलाई जानकारी गराई समस्या समाधानको लागि पहल गरिदिन अपिल समेत गरिएको उनले जानकारी गराए । विहारको चुनावमा मालबाहक रेलको सख्या घटाएर स्पेशल रेल चलाइएको थियो ।

भारतको अन्य राज्यबाट विहारवासीलाई आउजाउ गर्न विगत डेढ महिनामा स्पेशल रेल चलाउँदा नेपाली समान आयातमा समस्या आएको व्यवसायीहरुको तर्क छ । प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिका प्रमुख राजिवमोहन झाले भारतीय रेल्वेको अवरोधको कारण खाली कन्टेनरको दुई वटा रेल लोडिङ भएर तयारी अवस्थामा बसेको तर जान नसकेको बताए । रेल्वे अवरोधको बारेमा बिहीवार समस्तीपुर डिभिजन प्रमुख यशवन्त कुमारलाई सन्देशमार्फत चाडै रेल्वे अवरोध फुकुवा गर्न अपिल गरेको बताउँदै विस्तारै समसया समाधान हुने उनले आश्वासन दिए । साथै,उनले कोलकाता–वीरगंज रुटमा मालबाहक रेलको चाप अनुसार समस्या सहज हुदै जाने उनले बताए ।

Facebook Comments Box

ताजा खबर

रौतहटका फतुवा–बिजयपुर नगरपालिकामा १६ दिनदेखि तालाबन्दी : सम्पुर्ण सेवा ठप्प

वीरगंज , मंसिर - १२ रौतहटको फतुवा–बिजयपुर — करार अवधि नवीकरण नहुँदा फतुवा–बिजयपुर नगरपालिकाका करार कर्मचारीले १६ दिनदेखि तालाबन्दी राख्दा...

सम्बन्धित खबर

- Advertisement -neelambads