वीरगंज, १२ मंसिर ।
सशस्त्र प्रहरी पोखरीया पर्साले आज पोखरीया बजारमा एक कार्यक्रम आयोजना गर्दै दुर्घटना र विपदमा कसरी उद्धार गरी चाडै प्राथमिक उपचार सेवा पीडितलाई उपलब्ध गराउनु पर्ने हो,त्यस विषयमा आज विशेष प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
पोखरीयाको शहीद स्व. चन्दन पटेल चौकमा विशेषा कार्यक्रम आयेजना गरी दुर्घटना र विपदमा बच्ने उपाय र दुर्घटनामा परेर जीवन रक्षको लागि गरिने प्रारम्भिक प्रयासको बारेमा उपायहरु सिकाइएको हो ।
खासगरी,मोटरसाइकल र कार दुर्घटना पछिल्लो समय पोखरीया आसपासमा बढिरहेको मध्यनजर राख्दै यस्तो समाजिक कार्यप्रति पोखरीयावासीको ध्यान तान्न र संचेतना फैलाउन ‘सडक दुर्घटना–विपद् उद्धार कार्य अभियान’ कार्यक्रम आयोजना गरिएकोे प्रहरी प्रहरी पोखरीयाका सप्रनाउ शम्भु कटुवालले जानकारी गराए । कार्यक्रम स्थलमा दिउँसो मेला लागेझै भीडभाड थियो । दर्शकले कर्यक्रमपछि सन्देशमुलक कार्यक्रम सशस्त्रले गरेपछि साकारात्मक प्रतिक्रिया दिएका थिए ।











