बाराका युवक काठमाडौँमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर – १२

जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको छ। सेफ बारा, कलैया–२० घर भएका हुन् र हाल काठमाडौँ–१५ डल्लुमा बस्दै आएका छन्।

प्रहरीका अनुसार क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाका आधारमा निगरानीपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथमा उनका दुई थान मोबाइल फोन पनि बरामद भएका छन्।

प्रारम्भिक अनुसन्धानमा सेफले करिब १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।

सम्बन्धित पोस्टहरुः