search

बाराका युवक काठमाडौँमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – १२

जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको छ। सेफ बारा, कलैया–२० घर भएका हुन् र हाल काठमाडौँ–१५ डल्लुमा बस्दै आएका छन्।

प्रहरीका अनुसार क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाका आधारमा निगरानीपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथमा उनका दुई थान मोबाइल फोन पनि बरामद भएका छन्।

प्रारम्भिक अनुसन्धानमा सेफले करिब १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।

Facebook Comments Box

ताजा खबर

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवारको आह्वान

वीरगंज, १२ मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा पनि प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारीको लागि सार्वजनिक रूपमा आह्वान गरेको छ...

सम्बन्धित खबर

- Advertisement -neelambads