search

रौतहटका फतुवा–बिजयपुर नगरपालिकामा १६ दिनदेखि तालाबन्दी : सम्पुर्ण सेवा ठप्प

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – १२

रौतहटको फतुवा–बिजयपुर — करार अवधि नवीकरण नहुँदा फतुवा–बिजयपुर नगरपालिकाका करार कर्मचारीले १६ दिनदेखि तालाबन्दी राख्दा नगरपालिकाका सबै सेवा ठप्प भएका छन्। नगरपालिका कार्यालयसहित ११ वटै वडा कार्यालय बन्द हुँदा जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, प्रशासनिक पत्र–व्यवहार र फाइल प्रक्रिया जस्ता सबै काम प्रभावित बनेका छन्। यसले दैनिक कामकाजका लागि कार्यालय धाउने सेवाग्राहीहरू ठूलो असुविधामा परेका छन्।

आन्दोलनमा उत्रेका ८७ जना करार कर्मचारी दैनिक कार्यसमयमै धर्ना बसेका छन् र लिखित सहमति नआएसम्म तालाबन्दी नउठाउने अडानमा छन्। आन्दोलन प्रतिनिधि सुबोध यादवका अनुसार माग पूरा नहुने र बारम्बार ढिलाइ हुने क्रम दोहोरिएपछि यस्तो कदम उठाउन बाध्य भएको हो।

नगरपालिकामा प्रशासकीय नेतृत्वको अभावले समस्या झनै गम्भीर बनाएको छ। कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले प्रमुख प्रशासकीय अधिकृत (सीएओ) नहुँदा करार अवधि विस्तारलगायतका महत्त्वपूर्ण प्रक्रिया अघि बढ्न नसकेको बताइन्। दुई साताअघि प्रमुख प्रशासकीय अधिकृत भारत यादवको सरुवापछि सिम्रौनगढका दशौँ तहका अधिकृत मदनकुमार थापालाई हिमित्त सीएओको जिम्मेवारी दिइएको छ। थापाले शुक्रबारदेखि कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ।

खातुनका अनुसार, नगर कार्यपालिका बोर्डको आगामी बैठकमा सबै ८७ करार कर्मचारीको सेवा अवधि थप्ने प्रस्ताव पेश गरिनेछ। कानुनअनुसार नवीकरण गर्न मिल्ने कर्मचारीको म्याद बढाइने उनले स्पष्ट गरिन्। साथै, मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम रोकिएपछि करिब २ करोड रुपैयाँ बराबरको विद्युत् महसुल भुक्तानी प्रक्रिया पनि प्रभावित भएको जानकारी दिइन्।

लगातारको तालाबन्दीका कारण अत्यावश्यक सेवा जस्तै जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता, भवन नक्सा स्वीकृति र व्यवसाय दर्ता प्रभावित भएका छन्। स्थानीयवासीहरूले कर्मचारी र नगर नेतृत्व दुवैलाई छिटो सहमतिमा पुगेर सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।

Facebook Comments Box

ताजा खबर

पर्सामा श्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

पर्सा , मंसिर - १२ जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार बिहान श्रोत नखुलेको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads