search

वीरगंज स्कूलकपः ग्रीन ल्यान्ड र गौतम स्कूल विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज १२ मंसिर । भिएस पावर प्ले टी–२० च्यालेन्ज वीरगंज स्कूलकप–२०८२ शुक्रवारदेखि वीरगंजमा शुरू भएको छ ।

शुक्रवार भएको पहिलो खेलमा ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले बिद्या सदन सेकेन्डरी स्कूललाई २६ रनले पराजित गरेको थियो । प्रतियोगिताको म्यान अफ द म्याच ग्रीन ल्यान्ड सेकेन्डरी स्कुलका सोहेब सेख भएका थिए ।

दोस्रो खेलमा गौतम सेकेन्डरी स्कुलले ज्ञायोदय सेकेन्डरी स्कुललाई १७ रनले हराएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच गौतम सेकेन्डरी स्कुलका साहिल हुसैन भएका थिए ।

शनिवार बाल एकता सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुल तथा दोस्रो खेल बिद्या सदन सेकेन्डरी स्कुल र गौतम सेकेन्डरी स्कुलबीच हुने आयोजक विद्या सदन माविले जानकारी गराएको छ ।

प्रतियोगिताको उदघाटन समारोहमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, एन–प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठ, लालबहादुर गुरूङले प्रतियोगिताको उद्देश्य, विद्यार्थीस्तरमा खेलकुद प्रवर्धन तथा क्रिकेट प्रतिभा पहिचानमा यस प्रतियोगिताले पु-याउने योगदानका वारेमा प्रकाश पारेका थिए ।

Facebook Comments Box

ताजा खबर

त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई

वीरगंज, १२ मंसिर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, ठाकुर राम बहुमुखी क्याम्पस, एकाई समिति वीरगंजले त्रिभुवन विश्वविद्यालय सेवाबाट अनिवार्य...

सम्बन्धित खबर

- Advertisement -neelambads