वीरगंज, १३ मंसिर ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.–३ पकडिया बडनिहार नजिकैको बाँसघारीमा वन गस्ती टोलीले तीन थान सालको गोलिया बरामद गरेको छ ।
तस्करहरूले जंगलबाट सालका रूख काटेर गोलिया बनाइ अवैध रूपमा बासघारीमा लुकाइ राखेको अवस्थामा करिब १४ क्युबिक फिट बराबरका तीन थान गोलिया सब–डिभिजन वन कार्यालय बडनिहारका टे.सुबेदार जितबहादुर तामाड्ढो कमान्डमा गएको वन गस्ती टोली तथा बिन्दबासिनी कोईलाभार सामुदायिक साझेदारीको संयुक्त गस्ती टोलीले बरामद गरेको हो ।
गोलिया सब–डिभिजन वन कार्यालय बडनिहारमा राखिएको वन अधिकृत उज्वल यादवले जानकारी दिएका छन् ।















