वीरगंज, १३ मंसिर । हिन्दू सम्राट सेना नेपालले मोटरसाइकल -याली निकाल्नुको साथै पर्सा जिल्ला समितिको गठन गरेको छ ।
शनिवार केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा युवाको सहभागीतामा मोटरसाइकल ¥याली निकालिएको थियो ।
¥यालीपछि शनिवार वीरगंजस्थित गहवामाई मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति चयन गरिएको छ । समितिको अध्यक्षमा विकास साह, वरिष्ठ उपाध्यक्ष सन्तोष सराफ, उपाध्यक्ष राकेश श्रेष्ठ, महासचिव प्रज्वल डंगोल, सचिव उदय नारायण गिरी, कोषाध्यक्ष दिप नारायण यादवलगायत छन् ।
कार्यक्रममा प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रूद्र नारायण सिंह, केन्द्रीय संयोजक (न्यायिक विभाग) चन्दन सनातनी, महासचिव राकेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी, मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रूपेश सनातनी, राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, रमिता माया गुप्ता, अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरूषोत्तम दूबे, रत्नेश तिवारी लगायतको सहभागिता थियो ।















