वीरगंज, १३ मंसिर । शिक्षा पत्रकार समूह गठन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शनिवार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रमोद यादवलाई अध्यक्ष बनाउँदै नयाँ समिति घोषणा गरेका हुन।
समितिमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव र कोषाध्यक्ष राजकुमारी यादव चयन भएका छन् । आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर र एन्जल चौधरी सहित अन्य सदस्यहरू चयन गरिएको छ। समूहमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति साह र विजय महतोलाई सल्लाहकारको भूमिकामा मनोनित गरिएको छ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, उपप्राध्यापक डा. सुष्मा तिवारी लगायतले मन्तव्य राखेका थिए ।














