search

spot_img
spot_img

निजगढमा तस्करले मारे चित्तल

पढ्न छुटाउनुभयो ?

बारा, २१ जेठ । बाराको निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वनमा वन्यजन्तु तस्करहरूले वयस्क पोथी चित्तल मारेका छन् ।

शनिवार राति करिब साढे ११ बजे जंगलमा बन्दुक पड्किएको आवाज आएको र गस्तीको क्रममा वयस्क पोथी चित्तल मृत फेला परेको सब डिभिजन वन कार्यालय निजगढले जनाएको छ ।

सब डिभिजन वन कार्यालय निजगढका जम्दार टीका मगरले भमरा पुलको उत्तरतर्पm भमरा खोलाको माथिल्लो क्षेत्रमा रहेको बाँसघारीमा तस्करहरूले मारेको अवस्थामा चित्तल भेटिएको बताएका छन् ।

‘हामी सधैँ ८ बजे र १० बजे दुर्ईवटा समूह बनाएर गस्तीमा जाने गरेका छौं । हिजो राती साढे ११ बजेतिर गस्तीमै रहेको बेला बन्दुक पड्केको आवाज आएपछि लाइट लिएर हेर्न जाँदा चित्तल मरिसकेको अवस्थामा भेटियो,’ जम्दार मगरले भने, ‘एकैछिन ढिलो भएको भए चित्तल पनि तस्करहरूले उठाइसक्ने रहेछन् ।’

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads