वीरगंज , मंसिर – १५
जनकपुरधाममा पाँच दिनअघि मृत्यु भएकी रोशनी झाको प्रकरणमा आरोपितलाई छिटो कारबाही गर्न माग गर्दै आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि स्थानीयवासी र पीडित पक्षले प्रदर्शन गरेका छन् ।
गत बिहीबार रोशनी झाको मृत्यु भएको थियो। घरपट्टिले भर्याथङबाट लडेर मृत्यु भएको दाबी गरेको छ भने माइती पक्षले श्रीमान् प्रशान्त मिश्रले घाँटी थिचेर हत्या गरेको आरोप लगाएको छ ।
प्रहरीले प्रशान्त मिश्रलाई पक्राउ गरी छानबिन गरिरहेको जनाएको छ। तर अनुसन्धान सुस्त भएको भन्दै प्रदर्शनकारीहरूले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याई कडा सजाय दिन माग गरेका छन् ।









